• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

तारा एयरको जहाज दुर्घटनामा ४ अर्ब ४० करोड रुपैयाँ क्षति, हिमालयन जनरलले २२ लाख तिर्ने

Bydeep

Jun 8, 2022

काठमाडौं । जेठ १५ गते मुस्ताङको थासाङ –२ मा दुर्घटनामा परेको तारा एयरको जहाजमा ४ अर्ब ४० करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सो दिन विहान ९ः५५ बजे पोखराबाट जोमसोमको लागि उडान भरेको तारा एयरको टुवीन् अटर नाइन एन–एइटी जहाज मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको थियो ।

सो जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको छ । हिमालयन जनरलले कुल बिमांक रकमको ०.०५ क्षति आफूले व्यहोर्ने गरी पुनर्बीमा गराएको छ । सो जहाज दुर्घटनामा परेपछि पुनर्बीमा कम्पनीका प्रतिनिधि नेपाल आएर क्षतिको प्रारम्भिक अनुमान गरेको स्रोतले जानकारी दियो । सो जहाजको ४.४ विलियन (४ अर्ब ४० करोड) रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि, सो क्षतिको अन्तराष्ट्रिय भ्यालुएटरले भ्यालुएसन गरिसकेका छैनन् । त्यसैकारण यकिन क्षतिको विवरण आएको छैन । अहिलेको प्रारम्भिक विवरण अनुसार ताराको जहाज दुर्घटनामा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । सो क्षतिको ०.०५ प्रतिशत बीमा गराउने कम्पनी हिमालयन जनरलले क्षतिपूर्ति दिदा २२ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *