• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमाले नेता भुसालमाथिको कारवाही सिफारिस अनुमोदन

ByAgrim Post

Jun 14, 2022

नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो ।

भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए । आयोगको पूर्ण बैठकले भने भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ । यसअघि आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *