• Tue. Dec 5th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आईओसीले फेरि बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

ByDeayam

Jun 16, 2022

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । विहीबार (आज) पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा र हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा रहेको छ ।

त्यस्तै आजको नयाँ मूल्य सूची अनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ । हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भएपनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *