• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमालेको प्रशिक्षण चल्दाचल्दै राष्ट्रिय सभागृहमा किन पुगे बालेन्द्र?

ByAgrim Post

Jun 16, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा अवस्थित राष्ट्रियसभा गृहमा जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। देशभरबाट निर्वाचित २०५ जना प्रमुख र २४० उपप्रमुखलाई काठमाडौं बोलाएर आज र भोलि एमालेले प्रशिक्षण दिँदैछ।
एमालेको प्रशिक्षण सुरु हुँदैगर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय सभागृह पुगेका थिए। मेयर शाह काठमाडौंमा स्वतन्त्रबाट निर्वाचित भएका हुन्। शाह सभागृह पुगेपछि केही एमालेका जनप्रतिनिधि र सञ्चारकर्मीले उनलाई घेरेका थिए। मेयर बालेन्द्र केहीबेर सभागृहभित्र बसेर निस्किएका थिए। उनले केहीसँग सामूहिक तस्बिर र केहीसँग सेल्फी लिएर फर्किए।

सभागृहमा महानगरपालिकाका केही विभागीय कार्यालयहरु पनि छन्। प्रमुख शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार सभागृहस्थित विभागको कार्यालयमा बजेटको काम परेर उनी त्यहाँ पुगेका थिए। ‘सभागृहमा महानगरपालिकाका विभागीय कार्यालयहरु पनि छन्,’ स्वकीय सचिव शाहले नेपालखबरसँग भने, ‘बजेटको काम चलिरहेकाले त्यहाँ केही बैठकमा सहभागी हुन उहाँ पुग्नुभएको थियो।’ बालेन्द्रबाट उद्धार पर्खिरहेको जीर्ण खुल्लामञ्च
एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोल भने प्रशिक्षणमा सहभागी छन्। सभागृहबाट निस्किएर महानगरपालिकाको कार्यालयमा रहेका बैठकहरूमा सहभागी हुन पुगेका छन्।

हाकिम होइन, सेवक भएर काम गर्नुस् : अध्यक्ष ओली
काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनतासँग शालिन र विनम्र भएर हाकिमजस्तो नभई सेवकका रूपमा सेवा दिन आग्रह गर्नुभएको हो ।

“चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला– पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।”अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिँदै स्थानीय तहको निर्वाचनको परिणामा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेललगायतले पार्टी र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्ध, बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *