• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

करिश्माले निहारिकालाई भनिन्: बच्चा लिएर घर आऊ म छु

ByAgrim Post

Jun 16, 2022

अभिनेत्री करिश्मा मानन्धरले केही दिनदेखि वसन्तपुरमा अनसन बसिरहेकी निहारिका राजपुत र उनको छोरालाई आफूसँगै राख्न चाहेको बताएकी छन्।आज सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन्।

करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ विनोदजी म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म ग्नपु। मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ। बच्चा लिएर घर आऊ। म छु।’निहारिका र उनको दूधेबालकलाई ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आफूले नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई भेटेर आग्रह समेत गरेको उनले बताएकी छन्।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि पाँच बुँदे माग राख्दै संघीय राजधानीको वसन्तपुर दरबार क्षेत्रमा चार दिनदेखि अनशन बसेकी छन्।बलात्कार गर्नेउपर कारबाही गरी आफूलाई न्याय दिन भन्दै निहारिकाले २१ महिने छोरा च्यापेर काठमाडौंमा अनशन बसेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *