अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलवर्नमा एक २१ वर्षिय नेपाली विद्यार्थी को मृत्यु भएको छ।
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका युवा संयोजक बबिन मिश्रका अनुसार चितवन स्थाई घर भएका समिर कोइराला बुधबार दिउसो आफ्नै रुममा मृत अवस्थामा भेटिएका हुन्।
समिर ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका थिए। उनीसंगै बस्दै आएका तथा नाताले दाई पर्ने मनिष ढकालले दिएको जानकारी अनुसार समिर केही समयदेखि मानसिक तनावमा थिए। समिर कुकरी पढिरहेका थिए।
घरबाट टाढा, काम र पढाईको चापले समिर केही समयदेखि तनावमा देखिएको ढकालले बताए। पछिल्लो समय आमाले समिरलाई धेरै काम नगर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु तथा खुसी हुन भनेर सम्झाएको मनिषले बताए।
यतिबेला शव नेपाल पठाउन सहयोग रकम संकलन सुरु भएको छ।