• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मङ्कीपक्स भाइरस नेपालमा देखिएको आशंका, एक संदिग्भ बिरामीको उपचार जारी

ByDeayam

Jun 16, 2022

काठमाडौं। नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ।

दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्स लागेको आशङ्का गरिएको छ। अहिले उहाँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो।

उहाँका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको बताउनुभयो।

“हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “रिपोर्ट आएपछि मङ्कीपक्स हो होइन थाहा हुन्छ।” बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *