• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संसद चलेको झण्डै ४ घण्टापछि प्रधानमन्त्री उपस्थित

ByDeayam

Jun 16, 2022

संसद चलेको झण्डै ४ घण्टापछि प्रधानमन्त्री उपस्थित भएका छन्। संसद चलिरहेका बेला प्रधानमन्त्री देउवा गैरआवासीय संघ र ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटनमा सहभागी भएका थिए।

संसदमा बिहीबार विनियोजन विधेयक, २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची थियो।

तर, जवाफ दिनेबेला प्रधानमन्त्री संसदमा सहभागी भएनन्। उनको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जवाफ दिएका थिए। विनियोजन विधेयक पारित भएपछि प्रधानमन्त्री उपस्थित भएका हुन्। अहिले आर्थिक विधेयक २०७९ माथि छलफल भइरहेको छ।

यसअघि संसदमा प्रधानमन्त्री देउवा उपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाएका थिए। कार्यव्यस्तता भनेर संसद छलेर अन्य कार्यक्रममा जानु सार्वभौम संसदको अपमान भएको भएको सांसदको भनाइ थियो।

सांसद प्रेम सुवालले प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ’ कि कुनै अस्पतालमा भर्ना हुनु भएको हो? भन्दै प्रश्न गरेका थिए। अस्पताल भर्ना भएको प्रेस्क्रिस्पन चाहियो भन्दै माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *