• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने

ByAgrim Post

Jun 16, 2022

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चेतावनी दिएको छ ।

सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।

स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *