• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अमेरिकाले एसपिपीलाई इण्डो प्यासिफिकको अङ्ग बनाएपछि रोक्यौं: प्रधानसेनापति शर्मा

ByDeayam

Jun 17, 2022

प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी)मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गरेका छन्।

उनले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैरसैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि अमेरिकाले एसपिपीलाई ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग बनाएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको प्रधानसेनापति थापाले बताए।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सैनिकका एशिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरु एसपिपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिए।

उनले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपिपीको १० बुँदे पत्र पूरै गलत भएको बताए। सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराएका थिए।

साथै उनले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पारे। उनले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट गरे।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *