सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार सशस्त्र प्रहरीले रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड गरिएको यूपी७५एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।
ट्रकमा आशंका लागेर चेकजाँच गर्दा भन्सार कागजात र प्रज्ञापन–पत्र केही पनि नभएको पाइएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ । उक्त ट्रकसहित चालक भारतको उत्तर प्रदेस कानपुर देहातका अवध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित चालक र सह–चालकलाई पनि आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालयमा बुझाइएको छ ।