• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भरतपुरमा विगतको पाँच वर्षमा धरै राम्रा काम भए ,अब उत्पादनमा लाग्नु पर्छ : प्रचण्ड

ByDeayam

Jun 17, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताएका छन् ।

भरतपुर महानगर पालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा चितवन पुगेका प्रचण्डले भरतपुरलाई समृद्ध बनाउन सबैका सुझावले टेवा पुग्ने बताए ।

सुझावहरूलाई मार्मिक रूपमा लिएर नीति तथा कार्यक्रममा समावेश गर्नका लागि सुझाव दिँदै आफूलाई निर्वाचित गर्नेहरूलाई यी कोही हैनन् भन्ने सोचले आफूहरूलाई पछाडी धकेली रहेका कारण मतदाताहरूलाई कहिल्यै बिर्सन नहुने बताए ।

जनताका कुरा सुन्न जनप्रतिनिधिलाई सुझाव दिँदै उनले भने, ‘नियमित रूपमा जनताका कुरा सुन्ने, जनसहभागिता सुनिश्चित गर्ने कार्य गरे हरेक विकासका कार्यहरूमा जनतालाई अपनत्व हुने भएकाले त्यस पछि मात्र विकासलाई सहजता हुने हुँदा जनताका कुरा सुन्न र हरेक काममा जनसहभागिता गराउन सुझाव दिन्छु ।

भरतपुरमा विगतको पाँच वर्षमा धरै राम्रा काम भएका कारण अबको आगामी पाँच वर्षमा पनि राम्रा काम हुनेमा विश्वस्त रहेको बताउँदै हरेक भौतिक योजनाहरूमा प्राथमिकतामा छनाैट गर्दै अघिल्लो पाँच वर्षमा पहिलो प्राथमिकतामा भौतिक विकास धेरै भएकाले अबको पाँच वर्षमा जनताको जीवन रक्षाका लागि अगाडी बढ्न सुझाव दिएका छन् ।

उनले आफूपनि चितवनकै जनप्रतिनिधि भएकाले भौतिक विकासका लागि पहल गरेको र धेरै सडकहरू कालोपत्रे भएको हुँदा यहाँका जनताहरु हिलो धुलो बाट मुक्त भएकाले अबको समयमा सडक मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *