अश्लील शब्द प्रयोग गरी गाली गरेको अडिओ सार्वजनिक भएसँगै पर्यटनमन्त्री प्रेम आले विवादमा तानिएका छन् ।
नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई टेलिफोनमा र प्रत्यक्ष भेटमा आलेले अपशब्द प्रयोग गरेको अडिओ समाचार र सामाजिक सञ्चालमा सार्वजनिक भएको छ । यो अडिओसँगै आलेको आलोचना बढेको छ ।
यसअघि पनि एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडिओ बाहिरिएपछि आले विवादित बनेका थिए ।