• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

खुट्टा धोएर आशीर्वाद लिएर मनाए भारतीय प्रधानमन्त्री मोदीले आमाको १०० औं जन्मदिन

ByDeayam

Jun 18, 2022

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उनको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १०० वर्षमा प्रवेश गरेकी छन्। सो अवसरमा नरेन्द्र मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन्। प्रधानमन्त्री मोदीले केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए । उनकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छन्।

नरेन्द्र मोदी शुक्रबार गुजरात पुगेका थिए । त्यहाँ धेरै कार्यक्रममा भाग लिने उनको योजना छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *