• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन किन अचानक युक्रेन गए?

ByDeayam

Jun 18, 2022

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी सेनाका लागि प्रशिक्षण कार्यक्रम घोषणा गरेका छन्। उनले यो कदमले रुस र युक्रेनबीचको युद्धको समीकरण बदल्न सक्ने दाबी गरेका छन्।

शुक्रबार बोरिस जोनसन अचानक किभ पुगेका थिए र त्यहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए। यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो।

बेलायतका रक्षामन्त्री बेन वालेसले प्रधानमन्त्री जोन्सनको भ्रमण ‘अत्यन्तै महत्वपूर्ण’ भएको बताएका छन्।

किभको भ्रमण गर्नुअघि प्रधानमन्त्री जोनसनले उत्तरी इङ्गल्याण्डका आफ्ना केही सांसदहरूलाई डोनकास्टरमा सम्बोधन गर्ने कार्यक्रम थियो। तर अन्तिम समयमा त्यो कार्यक्रम रद्द गरियो। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *