• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एकै नम्बर प्लेटका दुई मोटरसाइकल : एकजना चालक ट्राफिकको सम्पर्कमा

ByAgrim Post

Jun 29, 2022

गौशाला चोकमा फेला परेका दुईवटा मोटरसाइकल तर, नम्बर प्लेट समान । प्रदिपजंग क्षेत्रीले खिचेको सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्बिर सार्वजनिक भएसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुवै मोटरसाइकलबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानबाट एकजना चालकलाई सम्पर्कमा ल्याएर सोधपुछ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । गौशाला चोकको जाममा बाग्मती प्रदेश–०२–०२२ प २३८० नम्बरका ती दुवै मोटरसाइकल सँगै देखिएका हुन् ।

यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर एउटा मोटरसाइकललाई ट्राफिक प्रहरीले सम्पर्कमा ल्याएको छ । बजाज पल्सर मोटरसाइकलको नम्बर यातायात व्यवस्था कार्यालयबाट जारी भएको सक्कली नम्बर भएको पुष्टि भएको छ । ‘एकजना चालकलाई सम्पर्कमा ल्याएका छौं’ एसपी शर्मा भन्छन्–‘अर्को मोटरसाइकललाई खोजिरहेका छौं ।’

सम्पर्कमा आएका चालकले अर्का चालकले गौशाला चोकमा ‘मेरो नम्बर गलत भएछ’ भनेर प्रतिक्रिया दिएको ट्राफिक प्रहरीलाई बताएका छन् । यातायातले गल्ती नम्बर दिएको पनि हुनसक्ने अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *