• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

ByAgrim Post

Jun 30, 2022

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने ‘अमेरिका कन्भेन्सन (एनएसी)’ फुटबल प्रतियोगिता खेल्न बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेल्न दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् । हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *