• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट विवादमा

ByAgrim Post

Jul 3, 2022

र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।

संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै बिरोध गरेका हुन् । संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्‍याप ब्याटर जितेर पाउने कुरो होइन । यो मुखःमा बञ्चतथागत रहेको हुनाले बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउन पाउने मुख हो । यसको महत्वलाई ध्यानमा राखि दिनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *