पाेखरा। फिल्म ‘जेरी २’ अनमोल केसी स्टाररको प्रमुखमध्येको एक अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएकी छन् ।
फिल्ममा दुई नायिकाको समानान्तर भूमिका हुनेछ भने दुवै जना अनमोलको अपोजिटमा हुनेछन् । निर्माता न्यौपानेले फेसबुकमार्फत अनमोल र पूर्णिकाको तस्वीर सार्वजनिक गरेका थिए । तर पूर्णिकाको अनुहारलाई स्माइली इमोजीले छोपिएको थियो । तस्वीर प्रष्ट नहुँदा धेरैले आना शर्मा वा नीति शाह हुने अनुमान गरेका थिए ।
मोडलिङमा समेत सक्रिय रहेकी पूर्णिकाको यो डेब्यु फिल्म हुनेछ । फिल्मका दुई प्रमुख नायिकामध्ये एकको चरित्रमा पूर्णिकाले अभिनय गर्नेछिन् । निर्माता सरोज न्यौपानेले अर्की प्रमुख नायिका अनुबन्धित हुने क्रममा रहेको जानकारी दिए ।