• Tue. Jan 31st, 2023

अग्रिम पोस्ट

सर्वाधिक हेरिने अनलाइन

एमाले अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

ByAgrim Post

Oct 15, 2022

काठमाडौं । पार्टीको चुनावी घोषणापत्र तयारीका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा पुगेका हुन् । ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ पुगेका छन् ।

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु

ललितपुर, २९ असोज । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । “भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ”,उपकुलपति गुरुङले बताउनुभयो ।

महोत्सवमा सहभागी हुन भारतबाट आउनुभएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गर्नुभयो । “ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ”, कवि वाजपेयीले भन्नुभयो । nepalpress

Leave a Reply

Your email address will not be published. Required fields are marked *