• Tue. Jan 31st, 2023

अग्रिम पोस्ट

सर्वाधिक हेरिने अनलाइन

के रणवीर र दीपिकाको डिभोर्स हुदैछ ?

ByAgrim Post

Oct 15, 2022

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडी फ्यानहरुको मनपर्ने जोडी मध्य एक हो । तर, केही समययता उनीहरुको सम्बन्धविच्छेदको खबर बाहिर आएको थियो । आफ्नो मनपर्ने जोडीको बिछोडको खबरले फ्यानहरूलाई बेचैन बनाएको छ। केही समय अघि एक ट्वीटमा यो दावी गरिएको थियो कि यी दुईको सम्बन्धमा चिसोपन आएको छ र अब दुबैले अलग हुने निर्णय गरेका छन्। तर, सामाजिक सञ्जाल पोस्टमार्फत यी अफवाहको अन्त्य गरेका छन् । अब पहिलो पटक दीपिकाले यस विषयमा मौनता तोडेकी छिन् ।

दीपिका पादुकोणले पूर्व अभिनेत्री मेघन मार्कल, डचेस अफ ससेक्ससँग एक विशेष पोडकास्ट रेकर्ड गरेकी थिइन्। एक मिडिया रिपोर्टका अनुसार दीपिकाले पोडकास्टमा रणवीर सिंहको बारेमा पनि कुरा गरेकी छिन् । अभिनेत्रीले रणवीरको बारेमा भनेकी थिइन् उनी फर्केर आउँदा धेरै खुसी महसुस गर्छिन्।

अभिनेत्रीले आफू र रणवीर कामका कारण लामो समयदेखि घरबाट टाढा रहेको खुलासा गरेकी छन् । उनले भनिन्, ‘मेरो श्रीमान् एक सातादेखि म्युजिक कन्सर्टमा थिए र उनी भर्खरै फर्केका छन् । उनी फर्केर आउँदा मेरो अनुहार देखेर धेरै खुसी हुनेगर्छन् । रणवीर र दीपिकाको बिछोडको हल्ला फैलाउनेहरुका लागि अभिनेत्रीको यो जवाफ पर्याप्त छ ।
दीपिका पादुकोण र रणवीर सिंहबीचको सम्बन्ध राम्रो नभएको खबर हालै आएको थियो । यी अफवाहहरू एक भाइरल ट्वीटबाट सुरु भयो। दुवै स्टारको संम्बन्धमा दरार आएको दाबी गरिएको थियो । तर, पछि रणवीरले यस्ता खबरहरु अफवाह मात्र भएको संकेत गरेका थिए । उनले दीपिकासँग दश वर्ष बिताएको पनि बताए । उनले भनेका थिए, ‘टचवुड… हामीले भेट्यौं र हामीले २०१२ मा डेटिङ सुरु गर्यौं, त्यसैले यो २०२२ मा दीपिका र मेरो लागि १० वर्ष हो।’

वर्कफ्रन्टको कुरा गर्दा रणवीर सिंह अहिले फिल्म ‘सर्कस’को चर्चामा छन् । यसमा उनी पूजा हेगडे र ज्याकलिन फर्नान्डिजसँगै देखिनेछन् । फिल्म यसै वर्षको डिसेम्बरमा हलमा रिलिज हुनेछ । ‘सर्कस’ बाहेक उनी करण जोहरको ‘रकी और रानी की प्रेम कहानी’ मा आलिया भट्टसँग स्क्रिन सेयर गर्दैछन् ।

यस्तै, दीपिका पादुकोणसँग पनि धेरै ठूला प्रोजेक्टहरू छन्। उनले शाहरुख खानसँग ‘पठान’ मा स्क्रिन सेयर गर्नेछिन् । यसबाहेक उनी आफ्नो अर्को प्रोजेक्टको पनि सुटिङ गरिरहेकी छिन्, जसमा प्रभास र अमिताभ बच्चन पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *