(सुदाप ) तेर्हथुमको छथर गाउपालिका ६ सुदाप , आहालडाँडामा माघे संक्रान्तिको अवसरमा आयोजना हुदै आएको वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता यसवर्ष आउदो पुष ३० गतेदेखि आयोजना हुने भएको छ । नमुना आहालडाँडा खेलकुद समितिको आयोजनामा पुष ३० गते मेला उद्घाटनसँगै भलिबल तथा खुल्ला नृत्य प्रतियोगिता पनि सुरु हुनेछ। भलिबल उद्घाटन खेल छथर गाउँपालिका शिक्षक् कर्मचारी तथा राजनैतिक दल प्रतिनिधि बिच हुनेछ ।
भलीवल प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि टिम दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा विजेताले उपाधिसँगै नगद ३५ हजार ट्रफि मेडल र प्रमाणपत्र तथा उप विजेताले २५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने, सर्वोत्कृस्ट खेलाडीलाइ विशेष पुरस्कार र विधागत उत्कृस्ट खेलाडीहरुलाई पुरस्कार सहित पुरस्कृत गरिने नमुना आहालडाँडा खेलकुद समितिका खेलकुद व्यवस्थापक मनिस खड्काले बताए ।
भलिवल प्रतियोगितासँगै मेलाको अवसरमा खुल्ला नृत्य प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । विभिन्न संस्कृति झल्किने सामुहिक नृत्यलाई बिशेष प्रथामिकतामा राख्दै नृत्यमा भाग लिने समुहलाई इन्ट्री सुल्क नलाग्ने समेत जनाएको छ । नृत्य तर्फ प्रथम पुरस्कार ८००० रुपैयाँ , दोस्रोलाई ५००० रुपैयाँ ,तेस्रोलाई ३००० रुपैया तथा सान्त्वना पुरस्कार १५०० रुपैया रहेको छ ।
भलिबल प्रतियोगितामा खेलाडी संख्या ६,अतिरिक्त २ जना र कोच तथा म्यानेजर १ गरि जम्मा ९ जना सहित इच्छुक टिमहरुले पुष २८ गते देखि पुष ३० गते बिहानको ९ बजे भित्र टिम दर्ता गरि सक्नु पर्ने आयोजकले जनाएको छ ।
थप जानकारी र सम्पर्कको लागि :
अध्यक्ष : सिताराम भुजेल (९८६२५१६८८८ / 9862516888)
सचिव: आशिष मगराती मगर (९८०३६९३३४४ / 9803693344)
खेल ब्यबस्थापक : मनिष खड्का (९८१८३६०१०१ / 9818360101)
दिपक बाग्दाश (९८२४३६०४४२ / 9824360442)